अमेरिकी जासुसी ड्रोन विमान खसालेको इरानकाे दाबी
इरानले अमेरिकी मानवरहीत जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ । इराकी सेनाले इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन खसालेकाे दावी गरेकाे हाे ।
सेनाका अनुसार दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात मार्गमा खसालेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
तर अमेरिकी सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । पेन्टागनले मध्यपूर्वमा थप १ हजार सेना पठाउने निर्णय गरेको भोलिपल्टै यो घटना भएको हो ।
केही दिनअघि मात्र ओमानको खाडी क्षेत्रमा तेल ट्याङकरमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएकाे छ । इरानले अमेरिकी आरोप अस्वीकार गर्दै आएकाे छ ।
पछिल्लो समय अमेरिकासँगको सम्बन्ध थप चिसिरहेका बेला इरानले आगामी साताबाट यूरेनियम सम्बर्द्धन फेरि शुरु गर्ने जनाएको छ । (एजेन्सी)
Facebook Comments

