अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका चुनावी प्रचारमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामि कार्यकाल पनि दोहोर्याउने इच्छा सहित चुनावी अभियान शुरु गर्नुभएको छ ।
यसका लागि लक्षित गर्दै ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ ।
ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गर्नुभएको हो ।
ओरल्यान्डमा गरिएर्को यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई ‘महान’ बनाइराख्न थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गर्नुभयो ।
व्यापार र आप्रवासी सम्बन्धी कडा नीतिका कारण ट्रम्पको आलोचना भइरहेको छ । यस्तै, साढे दुई वर्षको कार्यकालमा बढ्दै गरेको अर्थतन्त्र र कम भएको बेरोजगारी भने ट्रम्पका सकारात्मक पक्ष मानिएको छ ।
डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन । पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ । एजेन्सीको सहयोगमा

