उत्तर काेरियामा विचारधारा पढाउन डिजिटल प्रविधि
उत्तर कोरियाको सत्तारूढ दल ‘वर्कर्स पार्टी अफ कोरिया (डब्लूपीके) ले पार्टी नेता र कार्यकर्तालाइ पार्टीकाे विचारधाराबारे जानकारी दिन डिजिटल प्रविधि विकास गरेकाे छ ।
डब्लूपीकेले आफ्ना सदस्य तथा कार्यकर्तालाई पार्टीको विचारधारा सिकाउन सफ्टवेयर निर्माण गरेको हाे ।
बिबिसीका अनुसार उत्तर कोरियाली सरकारी अखबार रोडोङ सिनमुनका अनुसार ‘चोङ्सेओ १.०’ नाम दिइएको सफ्टवेयरमा राष्ट्रनिर्माता किम इल–सुङ र किम जोङ–इलका लेखहरू समावेश गरिएकाे छ ।

अखबारका अनुसार इन्साइक्लोपेडियाजस्तै विद्युतीय पुस्तकमा विगतका महान् कार्य, उल्लेखनीय घटना तथा वर्तमान सर्वोच्च नेता किम जोङ–उनसँग सम्बन्धित विषयवस्तु समेत समावेश छन् ।
त्यसका साथै सफ्टवेयर निर्माताहरूले विभिन्न विशेषता सहितको ‘चोङ्सेओ २.०’ समेत निर्माण गरिरहेको अखबारले जनाएको छ ।
उक्त सफ्टवेयर विन्डोज तथा लिनक्समा आधारित ‘रेड स्टार’ अपरेटिङ सिस्टममा चल्ने बताइएको छ । अखबारका अनुसार सफ्टवेयर देशव्यापी रूपमा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।एजेन्सीकाे सहयाेगमा

