लामिछाने सहित ३ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
पत्ररकार रवि लामिछाने र युवराज कँडेललाई अनुसन्धानका लागि अदालतले ५ दिन हिरासतमा राख्न प्रहरीलाइ अनुमति दिएकाे छ ।
जिल्ला अदालत चितवनले मंगलबार लामिछाने, कँडेल र अस्मिता कार्कीलाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिने कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएपछि रवि लामिछानेका समर्थकले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

