राजनीतिका नाममा मुलुकको दोहनमात्रै भयोः साझा प्रवक्ता आचार्य

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले अहिले मुलुकमा राजनीतिका नाममा मुलुकको दोहन गर्ने काम मात्र भइरहेको बताउनुभएको छ ।

गोरखामा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘हामीले नयाँ पार्टीमात्रै खोलेका होइनौं, नयाँ राजनीतिक संस्कार बसाउन खोजेका हौं ।’

गण्डकी प्रदेश संयोजक महेश भण्डारीले समृद्धिको नतिजा जनताले तत्काल पाउनुपर्नेमा जोड दिनुभयो । गोरखाका गाउँमा पुग्न आज पनि ३ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहनु बिडम्वना भएको भण्डारीको भनाइ थियो ।

Facebook Comments