नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो सेमीफाइनलमा श्रीलंकामाथि शानदार जित हासिल गर्दै फाइनल प्रवेश गरेको हो । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।

नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरेका थिए ।

नेपालले अव उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । यस्तै, साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाईनल खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको सहिद रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेबाट सूरु हुनेछ । भारत समुह बीको विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको हो । बंगलादेशले समुह ए को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको थियो ।

Facebook Comments