सरकारले गर्ने काम सहकारीले गरेकाछन् सभापति कोइराला


गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभपाति दीपक कोइराला (रुपक)ले सरकारले गर्नेकाम सहकारीले गरेको बताउनु भएको छ । वाटिका बचत तथा ऋृण सहकारी सस्थालेको १२औं साधारण सभाको उदघाटन गर्दे सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले अब सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्ने भन्दा पनि उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले प्रदेश सरकारले बचत तथा ऋृण सहकारीहरुले अनिबार्य ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नीति ल्याएको बताउनु भयो । उहाँले सामुहिक अभ्यास गर्ने ठाउँ सहकारी भएको भन्दै सहकारीले आर्थिक चलायमान गराउन ठुलो सहयोग पुगेको बताउनु भयो ।

रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले उत्पादन क्षेत्रमा लगानी गर्न ठाउँ नभए रुपामा आउन आग्रह गर्नु भएको छ । कर सवैमा छुट छ रुपामा जग्गा बाझो राखे मात्र डबल कर लाग्छ अध्यक्ष ओझाको भनाई थियो । उहाँले रुपालाई उत्पादनको पकेट बनाउन सकिने भन्दै विकासमा रुपामा राजनीति नभएकोले रुपाको विकास भएको बताउनु भयो । उहाँले अब पोखरा महानगरको जस्तो साघुरो बाटो होइन रुपामा चाक्लो बाटो बन्दैछ । गाउँ छाडेकाहरुलाई पनि गाउँफर्कन आग्रह गर्छु ओझाले भन्नु भयो ।


कार्यक्रममा पुर्व सञ्चालक पदमराज तिवारी, मेनुका श्रेष्ठ,राज विक, उत्कृष्ट कर्मचारी तर्फ सहकारीका प्रबन्धक सुभाष पाण्डे लगायतलाई कार्यक्रका प्रमुख अतिथि सांसद कोइराला,रुपा गाउँपालिका अध्यक्ष नबराज ओझाले संयुक्तरुपमा सम्मान पत्र दोसल्लाहाले उहाँहरुलाई सम्मान गर्नु भएको थियो। पोखरा महानगरपालिका वडानं ३२का वडाध्यक्ष अक्लबहादुर कार्कीै , वडासदस्य विष्णु प्रसाद तिवारी लगायतले बोल्नु भएको कार्यक्रम सहकारीका अध्यक्ष धर्म बहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

Facebook Comments