नागढुङ्गा विकास समाजको शुभकामना सम्मान कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले एक कार्यक्रम गरी विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ, ल्होसार, तोरन्ल मेर तथा इद पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रुद्रनाथ बरालले नागढुङ्गा विकास समाजले महानगरमै उदाहरणीय काम गरेको भन्दै सधै वडाको साथ रहने बताउनुभयो ।

यसरी विशेष अतिथिहरु वडा सदस्यहरु कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल, किरण गौतम तथा लक्ष्मी कौशलले नागढुङ्गा विकास समाजको गतिविधिसँग प्रभावित भएको बताउनुभयो ।

फेवा सिटी अस्पतालका प्रशासन प्रमुख त्रिभुवन पराजुली, ज्ञानकुञ्ज टोल विकास संस्थाका अध्यक्ष नन्दप्रसाद बराल, संस्थापक अध्यक्ष एकनारायण ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

चाडपर्वको आफ्नै महत्व हुँदाहुँदै पनि चाडपर्वमा सुरक्षा चुनौति हुने हुँदा विशेष सतर्क रहन अनुरोध गर्दै वडा प्रहरी कार्यालय बैदामका इस्सपेक्टर बुद्धिसागर पुरीले समेत शुभकामना मन्तव्य राख्नुभयो ।

उक्त अवसरमा समाजले गत एकवर्षभरि सम्पादन गरेका गतिविधिका बारेमा संस्थाका सल्लाहकार भिमनाथ बरालले विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।

अन्त्यमा सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समेत अध्यक्षता गरेका समाजका अध्यक्ष डम्मरराज सुवेदीले सामाजिक सेवा र आर्थिक पारदर्शीताको मर्मलाई आत्मसात गरेकाले नै सबैको माया पाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा संस्थालाई नगद रु.१० हजार सहयोग गर्ने संस्थापक अध्यक्ष एकनारायण ढकाल, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख केशवराज ढकाल, स्थानीय जित प्रसाद शेरचन तथा १० वटा कुर्ची सौजन्य गर्नुहुने संस्थापक उपाध्यक्ष शान्ता पौडेल, स्थानीय सावित्री शर्मालाई समेत सम्मान गरिएको थियो भने समाजको गतिविधिमा सहयोग गर्ने ई.विराट शर्मालाई सम्मानपत्र र विकास समाजको लोगो अंकित टोपीले सम्मान गरिएको थियो ।

Facebook Comments