इजरायली प्रधानमन्त्रीमाथि भ्रष्टाचारकाे आरोप

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिएकाे तथा प्रचारवाजीमा लागेकाे आरोप लगाइएको हो ।

महान्याधिवक्ता अवीचै मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाउनुभयाे ।

तर प्रधानमन्त्री नेतान्याहूले आफूमाथि निराधार आरोप लगाउने प्रयास भएको बताउनुभएकाे छ ।

उहाँले बामपन्थी विरोधीहरुले आधारहीन आरोप लगाएको जिकीर गर्नुभएकाे हाे ।

प्रधानमन्त्री नेतान्याहूले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधका लागि भएकाले छानविन गरेर पुष्टि गर्न चुनौती दिनुभएकाे बिबिसीले उल्लेख गरेकाे छ ।

महान्यायाधीवक्ता मन्डेलब्लिटले इजरायलमा कानुनमाथि कोही नरहेकाले उक्त घटनाको पनि छानविन हुने बताउनुभयाे ।

नेतान्याहूमाथिको आरोप प्रतिशोधका लागि नभएको भन्दै उहाँले छानबिन हुनुपर्ने बताउनुभयाे ।

इजरायलमा गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा कुनै दलले स्पष्ट बुहमत ल्याउन नसकेपछि नयाँ सरकार गठन भएकाे छैन् ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments