गण्डकी प्रदेशसभाबाट २ विधेयक पारित
गण्डकी प्रदेशको प्रदेश सभाबाट २ विधेयक पारित भएका छन् । मंगलबारको बैठकले २ वटा विधेयक पारित गरेको छ । गएको भदौ १८ गते प्रदेशसभामा पेश भएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पिपल तथा चौतारी संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबको बहुमतले पारित गरेको हो ।
साथै प्रदेशसभामा प्रदेश यातायात व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ । अर्को बैठक माघ आगामि १४ गते बस्ने भएको छ ।
Facebook Comments

