पर्फेक्ट व्यालेन्स फिट्नेसद्वारा विद्यालयलाइ ५० हजार सहयोग
पर्फेक्ट व्यालेन्स फिट्नेस इन्टरनेसनल प्रालिले पोखराको विद्यालयमा रु ५० हजार रुपैया सहयोग गरेको छ ।
पोखरा १५ फलेपाटनस्थित सिद्ध माविको अक्षयकोषका लागि उक्त रकम सहयोग गरेको प्रालिका निर्देशक अमेरिकी नागरिक चक लाम्काले बताउनुभयो ।
आफ्नो परिवार नै शिक्षा क्षेत्रमा लागेकाले आफूले पनि शैक्षिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय र वडा नम्बर १५ लागी परेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शैक्षिक प्रमुख जुना थापाले गर्नुभएको थियो ।
Facebook Comments

