हेड्स नेपालकोे रक्तदानमा ५५ यूनिट रगत सकंलन

हेड्स नेपाल प्रदेश नं ३ समितिको आयोजनामा शनिबार काठमाण्डौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको छ । हेड्स नेपालले यो ६० औंँ पटक आयोजना गरेको बृहत रक्तदान कार्यक्रम हो ।

रक्त संचार केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं साझा फुलवारी लगाएत बिभिन्न १५ वटा स्थानिय संघ सस्थाको सहयोग तथा सहभागिता रहेको थियो

कार्यक्रमका प्रमुख अतिथि हेड्स नेपालका केन्द्रिय अध्यक्ष ई. ईश्वरचन्द्र बानियाँले पहिलो रक्तदाता लायन्स क्लब अफ काठमाण्डौं साझा फुलवारीका सदस्य गिता कुमारी शर्मालार्ई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बानियाँले २०५० सालदेखि मानव समुदायको अभाव, आकस्मिकता र आवश्यकतामा असल साथी बन्दै आएको हेड्स नेपाल स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक, आर्थिक बिकासका साथै प्राकृतिक बिपत तथा मानव जन्य दुर्घटनामा दिलोज्यानले आफ्नो क्षमता अनुसार मानविय सेवा गर्दै आएको बताउनुभयो ।

हेड्स नेपाल प्रदेश नं ३ का अध्यक्ष राजेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेड्स नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, संस्थाका बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव रामकृष्ण धरेल हेड्स नेपाल प्रदेश नं ३ का सचिव मदनकुमार जोशी लगायतले रक्तदानको बिषयमा आ–आफ्नो भनाई राखेका थिए ।

Facebook Comments