लागूऔषध दुर्व्यशन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

पोखरामा लागूऔषध दुव्र्यशन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएके छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा क्रियाशील सामजिक संजालबाट स्थापना भएको (फेसबुक ग्रुप) हाम्रो पोखराको आयोजना, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की संगको सहकार्य र हाम्रो परिवार नेपाल लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र बैदामको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले राष्ट्रको प्रमुख टाउको दुखाईको रुपमा विकसीत भईरहेको लागूऔषध दुर्व्यशनले सबैमा चुनौती थपेको बताउदै यसलाई निराकरण गर्न समेत सवै सरोकारवालाहरु निकायहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

साथै खासगरी राष्ट्रको भविष्यलाई दिशानिर्देश गर्ने युवा वर्गनै यसको दलदलमा फस्नुनै दुर्भाग्य रहेको उहाँको धारणा थियो । उक्त कार्यक्रममा हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र बैदामका परामर्शदाता अमृत कुमार भट्टराईले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा पोखरा स्थित विभिन्न संस्थामा आवद्ध युवाहरुलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो ।

यसरी सामाजीक संजालबाट जोडीएर विभिन्न सामाजीक काम गरेको हाम्रो पोखरा ग्रुपले पहिलो पाईला नेपाल, मुस्कान गाईज पोखरा, युथ हेल्पीङ्ग ह्याण्स पोखरा, स्टार १८ स्टार्स टिम कास्की, वुई क्यान डु हेल्पीङ्ग ह्याण्स र हेल्प फर ह्याप्पीनेसले सहकार्य गरेका थिए ।

Facebook Comments