पोखरामा पशु प्रजनन तथा कृत्रिम गर्भाधान सम्बन्धि तालिम शुरु
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) केन्द्रीय समितिको आयोजनामा प्राईभेट पाराभेट्सहरुको लागि पशु स्वास्थ्य तथा कृत्रिम गर्भाधान तालिम शुरु भएको छ । क्षेत्रीय पशु सेवा तालिम केन्द्रको संयोजन तथा नेल्टाको आयोजनामा फागुन १२ आइतबारदेखि २३ गतेसम्म दुई हप्ताको तालिम दिन लागिएको हो ।
कृत्रिम गर्भाधान गराउन सहयोग पुगोस् भन्ने हेतुले तालिम आयोजना गरिएको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)का केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेल्टाले हालसम्म विभिन्न चरणमा गरी दुई सय ५० भन्दा बढीलाई तालिम प्रदान गरेको जनाएको छ । तालिमको संयोजन पशु सेवा तालिम केन्द्र पोखराले गर्ने जनाएको छ ।
Facebook Comments

