लायन्स क्लब फेवा लेकसिटीको निःशुल्क कम्प्युटर हार्डवयर तालिम शुरु
लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको आयोजनामा पोखरामा कम्प्युटर हार्डवयर सम्बन्धी निःशुल्क तालिम सुरु भएको छ ।
६ महिनासम्म चल्ने तालिमको आइतबार उदघाटन गर्दे डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले गरिब तथा बिपन्न वर्गका महिला तथा युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने आफ्नो अभियान रहेको बताउनु भयो ।
उहाँले अन्य सहयोग भन्दा तालिम महत्वपुर्ण भएको भन्दै अहिले पोखरा क्षेत्रका क्लबहरुमा सिप सिकाउने अभियान शुरु भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिएमटी मल्टिपल कोअर्डिनेटर राजन लम्सालले कम्प्युटर हार्डवयरको ज्ञान भएपछि सजिलै स्वरोजगार बन्न सकिने बताउनुभयो ।
क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले डिष्ट्रिक्टको योजना अनुसार क्लबले तालिम सञ्चालन गरेको भन्दै प्रसंसा गर्नुभएको थियो ।
गभर्नर लम्सालको नारा ‘सशक्तीकरणका लािग जागौं’ अनुसार आफूहरुले हार्डवयर तालिम सुरु गरेको क्लबका अध्यक्ष गुणानिधि पाण्डेले जानकारी दिनुभयो ।
तालिममा २० जनाको सहभागिता रहेको पाण्डेयको भनाई छ । हार्डवयर तालिम लिएपछि कुनैपनि सहभागी बेरोजगार बस्न नपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कम्प्युटर एसोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले कम्प्युटर सम्बन्धी तालिमका लागि सहकार्य गर्न क्यान तयार रहेको बताउदै गण्डकी प्रदेशका अन्य जिल्लामा पनि तालिम सञ्चालनको लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
क्लबका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा पि आर ओ इन्जिनियर रामचन्द्र पोखरेल, डिष्ट्रिक्टका क्लस्टर प्रमुख महेश पौडेल, सिनियर एओजी छबि शर्मा तिमिल्सिना, जोन चियरपर्सन शोभाखर भण्डारी, क्लबका उपाध्यक्ष होमराज भट्टराई, सचिव दिवाकर कर्ण लगायतले कम्प्युटर हार्डवयर तालिमको महत्वबारे बोल्नुभएको थियो ।

