जरिवाना बढाएर घट्ला त नियम उल्लघंन ?

ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढाउने तयारी गरिएकाे छ ।

यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेवित्तिकै ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएकाे हाे ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा जरिवाना बृद्धि गरी ५ हजार प्रस्ताव गरिएकाे हाे ।

जरिवाना रकम अहिले थाेरै भएका कारण लापरबाही बढेकाे तर्कसहित जरिवाना रकम बढाउन लागिएकाे हाे ।

अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ।

लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा समेत प्रस्तावित ऐन पारित भए ५ हजार जरिवाना लाग्नेछ ।

Facebook Comments