क्रिसमस मनाईंदै

इसाइ धर्मावलम्बीहरुले क्रिसमस डे महान् पर्वको रुपमा मनाईरहेका छन् । विश्वभर रहेका इसाइ धर्मावलम्वीहरुले २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने गर्दछन् ।

क्रिसमस डेको अवसरमा उपराष्टपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुमा सुश, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

हाम्रो विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको उपराष्टपतिको सन्देशमा उल्लेख छ ।

Facebook Comments