थ्री स्टार क्लब आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

ललितपुरको रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

थ्री स्टारको सहज जितमा अनिल गुरुङले ह्याट्रिक गरेका थिए । अजायी मार्टिनले गोल गरे । एक गोल उपहार पाएको थियो । सिक्किमका सोनाम छिरिङ भुटिया र ओन छिरिङ लेप्चाले गोल गरे । ह्याट्रिक गरेका अनिल नै खेलको म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैया पाए ।

अन्तिम क्वार्टफाइनल खेल मंगलबार क्यामरुनको दाउफिन्स र विभागी टोली नेपाल पुलिसवीच प्रतिस्पर्धा हुँदैछ । यसअघि २ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्माीको त्रिभुवन आर्मी क्लव सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

Facebook Comments