प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरियाे, केही दिन अस्पतालमा बस्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएकाे छ ।

महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएकाे हाे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले १२.४५ मा प्रधानमन्त्रीकाे एपेन्डिसाइटिसकाे अपरेशन सफलताका साथ सम्पन्न भएकाे उल्लेख गर्नुभएकाे छ ।

अस्पतालका निर्देशक डा. अरुण सायमीले एपेन्डिसाइटिसको सानो अपरेसन गरिएकाे जानकारी दिनुभयाे ।

चिकित्सकले प्रधानमन्त्री केही दिन अस्पताल बस्नुपर्ने बताएका छन् ।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल पुग्नुभएकाे थियाे ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि तत्काल अपरेशन गरिएकाे हाे ।

Facebook Comments