राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रमेश विजी निर्वाचित
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ केन्द्रिय महाधिवेशन सम्पन्न भएकाे छ ।
महाधिवेशनबाट रमेश विजी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।
प्रतिष्ठानकाे वरिष्ठ उपाध्यक्षमा रिता थापा मगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, दितिय उपाध्यक्ष रामजी खाँण, तृतीय उपाध्यक्षमा दिपक खड्का चयन हुनुभएकाे छ ।
त्यस्तै महिला उपाध्यक्षमा राधिका हमाल, महा सचिवमा सुवास के सी, उप-महा सचिवमा शंखर वि सी, उप-महा सचिव :- शिव हमाल, सांगठनिक सचिवद्वयमा खुमन अधिकारी, कृष्ण रेउले सचिवहरूमा जिवन दाहाल, रमेश राज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डागि, प्रचण्ड जि सी, बसन्त थापा, सचिव पुस्कल शर्मा, महिला सचिवमा जमुना राना मगर रहनुभएकाे छ ।
त्यस्तै कोषाध्यक्षमा राजु ढकाल, महिला सह-कोषाध्यक्षमा पुर्णकला वि सी, सह-कोषाध्यक्षमा ईश्वरी प्रसाद भुसाल चयन हुनुभएकाे छ ।
केन्द्रीय सदस्यहरूमा महिलातर्फ सम्झना लामिछाने मगर, जानकि तारमि मगर, अन्जलि अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे, सिता राना, देवि घर्ति निर्वाचित हुनुभएकाे छ ।
सदस्यहरूमा खुल्ला तर्फ पि एन सापकोटा, प्रकाश सपुत, पुर्षोतम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ्ग, विक्रम थापा, युवराज मगर, तारानाथ आचार्य, रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी निर्वाचित हुनुभएकाे छ ।

