पृथ्वी राजमार्ग बस सञ्चालक समितिले एम्बुलेन्स सञ्चालन गर्ने
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कार वापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएको छ । कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत एक किलो सुन प्राप्त भएको र उक्त सुन विक्रीबाट प्राप्त रकमबाट एम्बुलेन्स सञ्चालनको तयारी गरिएको हो ।
समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइने छ । समिति मार्फत् देशको विभिन्न स्थानमा एक हजार ३७८ बसले यातायात सेवा दिँदै आएका छन् ।
Facebook Comments

