उपनिर्वाचनकाे माैन अवधि अगाडि दलहरूकाे शक्ति प्रदर्शन

३ दिनपछि मंसिर १४मा हुने उपनिर्वाचनकाे माैन अवधि शुरू हुने दिन बुधबार दलहरूले अन्तिम चुनावीसभा गर्दैछन् ।

कास्कीमा हुने संघीय संसदकाे निर्वाचनमा दलहरूले मुख्य जाेड लगाएका छन् । त्यसै गरी प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा समेत दलहरूकाे जाेड रहेकाे छ ।

उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम चुनावी सभाका लागि दाैडधुप गरिरहेका छन्

नेकपाले कास्कीमा चुनावी सभा गर्दैछ । चुनावीसभालाइ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुँदैछ ।

दलहरूले कास्की, भक्तपुर, दाङ, बाग्लुङ लगायतका जिल्लामा अन्तिम चुनावी सभा राखेका छन् ।

उपननिर्वाचनमा १ सय १ दलले भाग लिन लागेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन आयोगका अनुसार यसपटक आचारसंहिता उल्लंघनका उजुरी परेका छैनन् ।

Facebook Comments