अव राजनीतिमै सक्रियः विद्या

कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको बताउनुभएको छ ।

उहाँले अव एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अकस्मात भोग्नुपरेको दुर्घटनामा जीवनसाथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको पन िउम्मेदवार विद्याले उल्लेख गर्नुभयो ।

पोखरा २० मौजामा भएको कार्यक्रममा उहाँले भन्नुभयो,‘म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु । अब जनताका दुःख निवारण गर्दै सबैको आँसु पुछ्छु ।’

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइसकेको बताउनुभयो ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा २० अध्यक्ष भीमप्रसाद बास्तोला, स्थानीय दुर्गाबहादुर गुरु, हरिप्रसाद गुरु, गञ्जमान गुरु, पोखरा २० का प्रचारप्रसार संयोजक सुशील बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments