तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जना प्रहरी नियन्त्रणमा
मोडलिङकाे प्रलाेभन देखाएर एक युवतीलाई विराटनगरबाट बोर्डर पास गराई तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीका वर्ष २६ बर्षिय कृष्ण तामाङ, सप्तरीका ४० बर्षिय उमेश शाह, दाङका २४ बर्षिया दिल कुमारी बुढामागर, सप्तरीका ३५ बर्षिय उमेश माझी, विराटनगरका ५१ बर्षिय दिलिप पोदार, धादिङ्गका २३ बर्षिया प्रेमा तामाङ र सुनसरीका ३७ बर्षिय रंजित कुमार चौधरी रहेका छन् ।
अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जानकारी दिएकाे छ ।

पीडीत युवतीले शंकागरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियाे ।
प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ ।
उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याईएको हो ।

