मादी ५ मा अनुदानका बाख्रा वितरण
मादी गाउँपालिका वडा नंं ५ ले दलित र अपाङ्गता भएकाहरुलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाको लक्षित समूहको बजेट अन्तर्गत वडा नं. ५ मा आर्थिक अवस्था कमजोर भएका दलित र अपाङ्गता भएका परिवारलाई बाख्रा वितरण गरिएको हो ।
विपन्न अवस्थाका नागरिकको जीवनस्तरमा सुधार होस् भन्ने उद्देश्यसहित १४ जनालाई बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । दलित समुदायका ९ र अपाङ्गता भएका ५ गरी १४ परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्य सहित बाख्रा वितरण गरिएको मादि गाउँपालिकाका सार्वजनिक लेखा समितिका संयोजक सरोज केसीले जानकारी दिनुभयो ।
Facebook Comments

