दक्षिणी चीनमा पहिरोः कम्तीमा ३६ को मृत्यु
दक्षिणी चीनमा पहिरोमा कम्तिमा ३६ जनाको मृत्यु भएको खगर छ । सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिँदा १५ जना अझै बेपत्ता छन् ।
चिनियाँ अधिकारीहरूले सिन्ह्वा समाचारसंस्थालाई बताएअनुसार सो पहिरोबाट ४० जनालाई उद्धार गरिएको छ ।
यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा गत मंगलबार भएको हो ।
विस्तृत विवरण स्पष्ट नभए पनि दुई बालबालिका र एक सन्तानसहितकी आमाको मृत्यु भएको बताइएको छ । चिनियाँ टीभीमा देखिएको दृष्यहरूमा पुरिएको गाउँ खनिरहेका उद्धारकर्मीहरू देख्न सकिन्छ ।
एक स्थानीय विद्यालयलाई आपत्कालीन स्वास्थ्य तथा उद्धार केन्द्र बनाइएको छ।
चिनीयाँ सरकारी समाचार संस्थ सिन्ह्वाका अनुसार सरकारले ४४ लाख अमेरिकी डलर उद्धार र विस्थापितहरूको पुनर्स्थापनाको लागि छुट्टाइएको छ ।
Facebook Comments

