अल्काटेलका नयाँ श्रेणीका स्मार्टफोन नेपाली बजारमा

विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फिचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ ।

कम्पनीले अल्काटेल वान, अल्काटेल १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३.९३ जीबी र्याम प्लस ३२जीबी स्टोरेज, र अल्काटेल ३.९४ जीबी र्याम र ६४ जीबी स्टोरेज स्मार्टफोनहरु तथा अल्काटेल २०५३ डी, अल्काटेल २००३ डी, अल्काटेल १०६६डी फिचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ ।

यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ ।

नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल प्रालि. यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ ।

अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिले घरेलु मोबाइल बजारमा नयाँ उत्पादनहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।

अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरु रहेको कम्पनीले दावी गरेको छ ।

यस ब्राण्डका स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामरा र विशिष्ट गुणस्तर रहेको जिकीर कम्पनीको छ ।

अल्काटेल, विश्वको सबैभन्दा ठूलो मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसनस अन्तरगतको ब्राण्डकाे रूपमा रहेकाे छ ।

Facebook Comments