नेपाल एयरलाइन्सकाे जापानकाे ओशाकामा उडान शुरू

नेपाल एयरलाइन्सले जापानकाे ओशाकामा पहिलाे उडान सफलताका साथ गरेको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको सहभागी भए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाकाे नेतृत्वमा गएकाे हाे ।

ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

यो जहाज २ सय ७४ सिट क्षमताको हो । जापानबाट फर्कने ७० सिट पक्का भइसकेको निगमको भनाइ छ । जहाज वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा गएकाेमा नेपाल फर्कदा भने विजय लामाकाे कमाण्डमा उडान हुने बताइएकाे छ ।

अव नेपाल एअरलाइन्सले जापानकाे ओशाकामा

Facebook Comments