भदौमा दोश्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने

नेपाल क्योकुसिन कान कराँते संघको आयोजनामा पोखरामा दोश्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ ।

मंगलबार पोखरा रङशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको हो ।

यहि भाद्र १३ र १४ गते हुने प्रतियोगितामा कास्की पर्वत,बाग्लुङ म्याग्दी तनहुं स्याङजा गोरखा लगायतका जिल्लाबाट सहभागीता रहने प्रतियोगिता संयोजक दिपक बहादुर गोदारले जानकारी दिनु भयो ।

प्रतियोगितामा महिला पुरुष गरेर २ सय खेलाडी सहभागी हुने बताइएको छ । पुरुष तर्फ २५ केजी,३० ,४० ,४५, ५० ५५, ६० केजी तौल समुह विच प्रतिस्पर्धा हुने र महिला तर्फ ४० ,४५ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गराइने बताइएको छ ।

प्रतियोगितामा तौल समुको पहिलो दोस्रो र तेस्रो हुनेलाई शिल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिने बताइएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका क्योकुसिन बुदोकाई कराँरे संघमा आबद्ध भएका खेलाडीले मात्र भाग लिन पाउने बताइएको छ ।

कार्यक्रम सम्पन्न गर्न ५ लाख खर्च हुने संघका अध्यक्ष बेल बहादुर थापाले बताउनु भयो । नेपाल क्योकुसिन कान कराँते संघले प्रत्येक बर्ष खेलाडी उत्पादनको लागि यस्ता प्रतियोगिता गर्दे आएको संघका सचिव सुरेशराज अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments