सामाजिक सञ्जाल दर्ता गरेर चलाउनुपर्ने प्रावधान सहितकाे विधेयक पारित
संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ ।
सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्न दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा समेटिएकाे छ ।
आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो ।
यस्तै सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान समेत राखिएको छ ।
विधेयक संसदले पारित गरेपछि लागू हुनेछ । सामाजिक सञ्जालमा जथाभावी लेख्ने र हाेच्याउने गरेकाे भन्दै विराेध हुने गरेकाे छ ।
Facebook Comments

