पोखरा कपको दोस्रो दिनको खेलमा विदेशी टोली डफिन्स विजयी
मनकामना केबलकार पोखरा कपको दोश्रो दिनको खेलमा क्यामरुनको डफिन्स क्लब बिजयी बनेको छ । दोस्रो दिन पोखरा रंगशलामा भएको खेलमा च्यासल यूथ क्लब १–० गोलअन्तरले पराजित भएको हो ।
क्यामरुनको डफिन्स क्लबले पहिलो हाफको १० मिनेटमा नै गोल गर्दै च्यासललाई दबाबमा राखेको थियो । करिब २० याड टाढा बाट डफिन्सका खेलाडी एक्यीनले हानेको फ्रि किकलाई डि बक्स भित्र बाट यानिकले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।
यसै गरि च्यासलका अर्का विदेशी खेलाडी भिक्टोर एमोबीले खेलको ३५ औं मिनेटमा हानेको प्रहार डफिन्सका जामा यानिकले गोललाइन बाट जोगाउँदा च्यासल गोल बिहिन हुन पु्ग्यो ।
यसैवीच मनकामना केबुलकार पोखरा कप अन्र्तगत बिहिबारको खेल रद्ध गरिएको एन्फा कास्कीले जनाएको छ । हाल इटहरीमा मदन भण्डारी गोल्ड कप सञ्चालन भइरहेको र पोखरा आउने टिमको टुँगो नलाग्दा बिहिबारको खेल रद्द हुन पुगेको हो ।
बिहबिार पोखरामा आउने कुन(कुन टिम हो भन्ने बारे आयोजक नै अनभिज्ञ रहेको छ । अखिल नेपाल फुटबल संघ केन्द्रले देशभर आयोजना हुने गोल्डकपका मितीहरु प्रायः एकै समयमा दिंदा यस्तो अवस्था आएको बताइएको एन्फा कास्कीले जनाएको छ ।

एन्फाले एकै समयमा धेरै ठाउँमा आयोजनाका मिती दिएको र फुटबल आयोजना गर्नेले न त टाईशिट बनाएका छन न त सहभागिता जनाउने टिमको नै घोषणा गर्न सकेका छन । शुक्रबारको खेल आयोजक पोखरा ११ र ब्रिगेड ब्याइज क्लबका बिच हुनेभएको आयोजकले जनाएको छ ।

