एडिबिले मुग्लिन पाेखरा सडक निर्माणका लागि २२ अर्ब ऋण दिने

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास ब‌ैंक एडिबिले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ।

बैंकले मुग्लिनदेखि पाेखरासम्मकाे सडक खण्ड फराकिलो बनाउने र मर्मतका ऋण स्वीकृत गरेको जानकारी गराएको छ।

सन् २०२५ सम्ममा सडक विस्तार याेजना सम्पन्न गर्ने लक्ष राखिएकाे छ । सडक विस्तार गर्दा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर सडक चार लेनकाे हुनेछ ।

बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत गरिनेछ । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा राम्रो यातायात नभएको गुनासो छ।

विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एसियाली बिकास बैंकले जानकारी गराएको छ।

सडक विस्तार गर्दा राजमार्गमा रहेका सहरी क्षेत्रक सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाउने याेजना छ ।

यसअघि मुग्लिन नारायणगढ सडकखण्ड विस्तार सम्पन्न भएकाे छ भने नारायणगढ बुटवल, मुग्लिन काठमाण्डाै सडक विस्तार गर्ने याेजना सरकारकाे रहेकाे छ ।

Facebook Comments