मल्ल रवाना बुझेर काठमाण्डाैं जादैं

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल सरूवाकाे निर्णय भएकाे २ हप्तापछि रवाना बुझेर सरूवा भएकाे स्थानमा जान लाग्नुभएकाे छ ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र सरूवा भएकाे स्थानमा जान चिठ्ठी काटेपछि मल्लले डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिनुभएकाे हाे ।

सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेकाे भन्दै एसपी मल्लको आलोचना भएको थियो।

मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ। मल्लकाे सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भएकाे छ ।

Facebook Comments