कवाडी संकलक मजदुर राहतबारे बेखबर
उत्तम पन्डित, चितवन
चितवन कवाडी संकलन गरेर आफ्नो जिविको पार्जन गर्दै आएका खिमबहादुर बराललाई सरकारले बाँडेको राहातबारे पत्तो छैन ।
बिगत २ बर्षदेखी चितवनको राप्ती र खैरहनी नगरपालिका आसपासमा दिनभरी कवाडी संकलन गरेकै भरमा दुई छाक टार्ने बरालले कोरोनाको महमारी पछि बिहान-बेलुका खान पनि मुस्किल परेको बताउनुभयो ।
“पहिले पहिले कवाडीको समान पाइनथ्यो आज भोली पाइदैन २ छाक खान नपाएको ४५ दिन भयो सरकारले राहत दिए पनि हामी जस्तो नजान्नेलाई कसले सम्झिन्छ र ?” बरालले गुनासो गर्नुभयो ।
आफू जस्तै ६/७ जना अरु साथीहरु पनि कवाडी समान संकलन गर्न गाह्रो भएर समस्यामा परेको बताउदै राहतको पर्खाइमा रहेको बरालको भनाइ रहेको छ ।
२ महिना पहिले बिहान बेकुकी खान पुग्ने समान जम्मा हुन्थ्याे, आफूले दिनभरी संकलन गरेको कवाडीको बोरा देखौदै शुभ न्युजसँग उहाँले भन्नुभयो “अब आधा बोरा कवाडीले आधा पेट नि भरिन्न” ।
दिनभर कवाडी संकलन गरेर राप्ती नगरपालिका बिरेन्द्रनगर पम्फाखोला पुलको नजिकै रहेको कवाडी संकलन केन्द्रमा लगेर बेच्ने गरेका उनिहरुलाई राहतबारे न साहुले भने न नगरपालिकाको कोहि आएर जानकारी नै गराए ।
रोगको महमारीले गर्दा आफूहरुलाई दैनिक गर्दै आएको काम गर्न पनि मुस्किल परेको बरालको भनाइ छ ।
चितवन स्थानीय निकायले बिभिन्न क्षेत्रमा राहत बितरण त गरेको छ तर खिमबहादुर बराल जस्तै घरबहार बिहिन धेरै जना छायाँमा परेका छन ।
बिहानदेखी बेलुका सम्म फोहोर संगै समय बिताउनु पर्ने यो क्षेत्रमा काम गर्ने नारायणघाट, भरतपुर, रत्ननगर, पर्सा लगायत अधिकांश मजदुरहरु स्वाथ्य अवस्था जोखिमपूर्ण छ ।
धेरै जनसंपर्क हुने भएकोले पनि उनीहरुको वास्तबिक अवस्था अध्ययन गरी कोरोनाको नमुना परीक्षण गर्नु पर्ने स्थानीयको धारणा रहेको छ ।
धेरै ठाउँमा हिड्ने गरेकाले काेराेना सर्न सक्छ भन्दै स्थानीयले पछिल्लाे समय कवाडी संकलन गर्न समेत नआउन भन्छन् के गर्ने बरालकाे गुनासाे थियाे ।

