पृथ्वीनारायण क्याम्पसको पठनपाठन सुचारु

देशकै ठुलो शैक्षिक सस्थाको रुपमा रहेको पोखराको पृथ्वी नारायण क्याम्पसको पठनपाठन संचालन भएको छ ।

विगत एक हप्ता देखी नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई पोखरा द्वारा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनु पर्ने माग राख्दै आन्दोलन स्वरुप कक्षा वहिस्कार गरेका थिए ।

आशिंकहरुको कक्षा वहिस्कारका कारण एक हप्ता क्याम्पसको पठनपाठन पुर्ण रुपमा वन्द भएको थियो ।

आशिंक प्राध्यापकहरुले आन्दोलनमा उठाएका मागहरु प्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघका प्रतिनिधि विच भएको त्रि–पक्षीय वार्ता मार्फत समस्या समाधान गर्न सहमति भएको छ ।

समस्या समाधान गर्ने निर्णय सँगै आन्दोलन तत्कालका लागि स्थगित गरिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्दोलन एक अभियान भएको र विद्यार्थीको पढ्ने अधिकारलाई रोक्ने कदापि नरहेको उल्लेख गर्नुभयो ।

क्याम्पस प्रमुख प्राध्यापक चन्द्र वहादुर थापाले जसरी पनि आशिंक प्राध्यापकहरुको मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Facebook Comments