काेराेना भाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री आईसीयूमा भर्ना
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण गम्भीर बिरामी बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनकाे अस्पतालकाे आईसीयू उपचार भइरहेकाे छ ।
यसअघि काेराेना भाइरसकाे संक्रमणका कारण सेल्फ आइसाेलेसनमा रहनुभएका प्रधानमन्त्री जाेनसाेनकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे ।
अस्पतालमा उपचार गराउने क्रममा स्वास्थ्यमा थप जटिल समस्या पैदा भएपछि अस्पतालकाे आईसीयूमा सारिएकाे प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएकाे हाे ।
बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुले उपचार गरिरहेका छन् ।
प्रधानमन्त्री अस्पताल भर्ना भएपछि परराष्ट्रमन्त्री डोमिनिक राबलाई आवश्यक परेका ठाउँमा कार्यबाहक भएर काम गर्न भनिएकाे बीबीसीकाे समाचारमा जनाइएकाे छ ।

