कक्षा ११ र १२ काे परीक्षा स्थगित

कोरोना भाइरस(काेभिड-१९)काे संक्रमणको जोखिम यथावत रहेका कारण कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरिएकाे छ ।

राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका तय गरेकाे थियो ।

तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डले जनाएकाे छ ।

यसअघि सरकारले कोरोना भाइरसको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो ।

Facebook Comments