नारायणी नदीमा माेटरबाेट सञ्चालन हुँदै
नारायणी नदीमा यही फागुन महिनाबाट माेटरबाेट(सानाे पानी जहाज) सञ्चालनमा आउने भएकाे छ ।
चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १६ मा मोटरबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
मोटरबोट बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले यसअघि असाेजबाट नै जहाज सञ्चालनकाे तयारी गरेकाे थियाे ।
प्रा.लिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले निर्माण कार्यमा केही ढिलाइ भएको थियो।
मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरिसकेकाे छ । आगामी महिनादेखि माेटरबाेट (सानो जहाज)सञ्चालनमा ल्याइने कँडेलले जानकारी दिए।
मोटरबोटमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज) सहितकाे जलयात्रा गराइनेछ ।
जहाजमा बारहरू रहने र साँगीतिक माहाेल हुने बताइएकाे छ । जहाजकाे भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने व्यवस्था मिलाइएकाे छ ।
क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन-तीन घण्टाको यात्रा गराइने पनि कँडेलले जानकारी दिनुभयाे।
नारायणी नदीमा अहिले पनि १० जनासम्मलाइ बाेक्ने साना माेटरबाेट सञ्चालनमा रहेका छन् । स्याङ्जाकाे कालीकण्डकी र पूर्वकाे काेशी नदीमा पनि माेटरबाेट सञ्चालनमा रहेका छन् । तर ती भन्दा व्यवस्थित रूपमा माेटरबाेट सञ्चालनमा ल्याउन लागेकाे राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएकाे छ ।
माेटरबाेट बनाउन प्राविधिकहरू भारतबाट ल्याइएकाे छ भने शुरूमा क्रुज मेम्बर पनि विदेशी नै रहने बताइएकाे छ ।

