दक्षिण एशियाली मुलुकहरुमा १० हजार बढी संक्रमित
दक्षिण एशियाली मुलुकहरुमा १० हजार नाघेको छ । भारतमा ६ हजार ७ सय ७१, पाकिस्तानमा ४ हजार ६ सय १ जनामा संक्रमण देखिएको छ ।
श्रीलंकामा १ सय ९०, माल्दिभ्समा १९ बंगलादेशमा ४ सय २४, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरसको कारण भारतमा २ सय २८ जना, पाकिस्तानमा ६६ जना, बंगलादेशमा २७ जना, श्रीलंकामा ७ जनाको मृत्यु भएको छ ।
संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।
दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल, भारत, श्रीलंका लगायतका मुलुकमा लकडाउन गरिएको छ ।
पाकिस्तानमा भने मुलुकले धान्न नसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले लकडाउन नगर्ने भन्दै नागरिकलाई अनुशासित भएर सामाजिक भौतिक दुरी राख्न अपिल गर्नुभएको छ ।
Facebook Comments

