चितवनमा घरायसी विवादमा श्रीमतीकाे हत्या
चितवनमा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
पूर्वी चितवनकाे खैरहनी नगरपालिका ९ सिमलटाँडीमा ४२ बर्षीय कृष्णप्रसाद अधिकारीले ३४ बर्षीय श्रीमती मञ्जुकाे खुकुरी प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
प्रहरी नायब उपरीक्षक एकनारायण काेइरालाका अनुसार शनिबार राती ९.४५ मा घटना भएकाे र हत्यामा संग्लग्न कृष्णप्रसादलाई प्रहरीले पक्राउ गरिसकेकाे छ ।
मञ्जुकाे सव पाेष्टमार्टमका लागि अस्पताल लगिएकाे र घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
अधिकारीकाे २ श्रीमती मध्ये मञ्जु कान्छी रहेकाे बताइएकाे छ ।
Facebook Comments

