स्वाब कलेक्सन बुथ हस्तान्तरण
निरज पन्त, पाेखरा
नेपाल औषधि थोक व्यवसायी संघ, गण्डकी प्रदेशका तर्फबाट सुरक्षित स्वाब संकलन गर्ने बुथ पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको छ ।
संघका अध्यक्ष रुद्र मल्लले अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोराना भाईरस स्वाब कलेक्सन बुथ हस्तान्तरण गर्नुभएको हो ।
संघको अनुरोधमा पोखरा विश्वविद्यालयको प्राविधिक सहयोगमा पोखरा युपिभिसी उद्योगमा स्वाब कलेक्सन बुथ निर्माण गरिएको हो ।
कोरोना भाइरसको शंका लागेमा स्वाब कलेक्सन गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जोखिम नहोस् भन्ने हेतुले कोरियामा प्रयोग भइरहेको जस्तै स्वाब कलेक्सन बुथ निर्माण गरी देशभरका विभिन्न अस्पतालहरुमा राखिएको छ ।
अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले संघ ले गरेको यश प्रकारको सहयोगले कार्यसम्पादन गर्न र कर्मचारीको स्वास्थ्य लाई उच्च सुरक्षा प्रदान गरि मनोबल बढाउन सहयोग गर्ने तथा संघलाई धन्यवाद दिनुभएकाे थियो ।

