माछापुच्छ्रेमा परिवार योजनाका लागि सेटलाइट क्याम्प

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत लामो अवधिको अस्थाई साधनको प्रयोग सम्वन्धी सेवाका लागि क्याम्प आयोजना गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामामा सार्दिखोला स्वास्थ्य चौकीमा लामो अबधिको अस्थायी परिवार नियोजन साधन आइयुसिडी र इम्पाल्न्ट लिन इच्छुक महिलाहरुका लागि सेटलाइट क्याम्प सञ्चालन गरिएकोमा २७ जना नयाँ सेवाग्राहीले इम्प्लान्ट तथा चार जनाले पुनः सोही साधनको प्रयोग गरेका थिए ।

त्यसैगरि ६ जनाको साधन निकालिएको र एक जनाले आइयुसिडी सेवा लिएको जनस्वास्थ्य निरीक्षक डिल्लीराम दाहालले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको प्रभावकारी परामर्श महिला स्वास्थ्य स्वयमेविकाको समुदाय सचेतनाको प्रतिफल स्वरुप क्याम्प आशा गरिएभन्दा बढी सफल भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा वडाध्यक्ष विक्रम गुरुङले स्वास्थ्यचौकीमा आवश्यक साधन स्रोत सम्पन्न बनाउँदै जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

Facebook Comments