आहा राराको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र पुलिस भिड्ने
आहा राराको १८ औं सस्करणको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लववीच प्रतिस्पर्धा हुने भएकाे छ ।
अन्तिम सेमिफाईनलमा आर्मीलाई हराउदै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रबेश गरेसँगै यसअघि नै फाइनलमा पुगेको नेपाल पुलिस क्लबसँगकाे भेट पक्का भएकाे हाे ।
मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपमा याेसँगै दशौं पटक फाईनल प्रवेश गरेकाे हाे ।
मोफसलको राईनो कप उचालेको आर्मी मनाङसँग ३-२ गाेलले पराजित भएसँगै पोखरामा च्याम्पियन बन्ने सपना अधुरै बनेको छ ।
धरान गोल्डकप उचालेर पोखरा आईपुगेको मनाङ मस्र्याङ्दी टोली फाईनल प्रवेश गर्दै छैटौंपटक उपाधि चुम्ने लक्ष्यमा छ ।
अब उपाधिको लागि मनाङ मर्स्याङदीले पुरानै प्रतिस्पर्धी टोली नेपाल पुलिस क्लबसँग शनिबार खेल्ने छ ।
Facebook Comments

