विदेश पठाउने भन्दै शिष्यलाई ठगी
विदेश पठाउने भनेर शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
साेमबार भण्डारीलाई नियन्त्रणमा लिइएकाे महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएकाे छ ।
महाशाखाका अनुसार भण्डारीले शिष्यलाई विदेश पठाइदिन्छु भन्दै रकम उठाएकाे विषयमा उजुरी परेकाे थियाे । उ
चेक रिपब्लिक पठाउने भनेपनि नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले भण्डारीकाे विरुद्ध उजुरी दिएकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments

