१८औं आरा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई
पाेखरामा शनिबार सम्पन्न १८औं आरा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
पाेखरा रंगशालाकाे फुटबल मैदानमा भएकाे फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो ।
पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएकाे थियो ।
टाइब्रेकरमा पुलिसका भेला सिलवाल, हेम तामाङ र बुद्ध बलले गोल गरे भने मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विके र रञ्जन विष्टले गोल गरे । पुलिसका गोलरक्षकले मनाङको दोस्रो पेनाल्टी रोकेका थिए तर मनाङका गोलरक्षक अजित बरालले पुलिसका तेल तामाङको बल पनि रोके ।
पाँचौं नम्बरमा आएका पुलिसका अजितको प्रहार पनि अजितले रोकेपछि मनाङलाई अवसर आएकाे अवसरलाइ खेलाडी रञ्जनले बललाइ जाली चुमाउन सफल भए ।
पाधिसँगै मनाङले १० लाख नगद जितेको छ भने उपविजेता पुलिस ५ लाखमा सीमित हुन पुगेको छ ।
याेसँगै मनाङले १८औं आरा ! रारा गोल्डकपकाे उपाधि उचालेकाे छैटाैंपटक हाे ।

