क्यान इन्फोटेकको सन्दर्भमा जिल्लास्तरीय क्विज प्रतियोगिता
आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ ।
तनहुँमा आइसिटी क्विज सम्पन्न भइसकेको छ । लमजुङमा फागुन ३ गते शनिबार क्विज हुने क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिनुभयाे ।
क्यान तनहुँको आयोजनामा हालै सम्पन्न क्विजमा अरनिको मावि प्रथम भएको छ । कन्काइ मावि द्वितीय र सत्यवती मावि तृतीय भएको क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुले जानकारी दिनुभयाे ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
यसैबीच, क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको छ ।
यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले जानकारी दिनुभयाे । मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहनेछन् ।
इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ ।
इन एसोसिएसन विथमा वल्र्डलिंक, प्लाटिनम स्पोन्सरमा एनसेल, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट सेल, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, डिजिटल पार्टनरमा ब्रेन डिजिट, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स रहेका छन् ।
त्यस्तै रोबर्ट कम्पिटिसन स्पोन्सरमा कस्मिक कम्प्युटिङ सोलुसन न्युरोड, आइसिटी कन्फरेन्स स्पोेन्सरमा जेनेक्स अटोमेसन न्युरोड, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्युरोड, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स न्युरोडले साथ दिएका छन् ।

