मृगौला पिडित अर्जुनद्वारा सहयोगको अपिल
दुवै मृगौलाले काम गर्न छाडेपछि स्याङजाको विरुवा गाउपालिका वडा न. ७ किउखोलाका ४० वर्षिया सुक बहादुर दमै (अर्जुन) ले सहयोगका लागि आग्रह गर्नुभएको छ ।
हाल वालिङ नगरपालीका ९ भुम्रेबस्दै आएका अर्जुनको दुवै मृगौला फेल भई हाल पोखरामा डाइलोसिस गर्नुपर्ने भए पछि आर्थीक सहयोग गरेर जीवनरक्षाका लागि अनुरोध गर्नुभएको हो ।
१२ वर्ष सम्म खाडी मुलुकमा काम गरेर परिवार पाल्दै आएका गुरुड्ड मृगौला रोग लागेपछि गत वर्ष नेपाल फर्कनुभएको थियाे ।
नियमित डाइलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले भनेपनि परिवारको आर्थीक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा कठिनाई भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
Facebook Comments

