पोखरामा कोरोना भाइरस सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरामा कोरोना सम्बन्धी सचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार विहान पोखराको पृथ्वीचोकमा गरिएको सचेतना कार्यक्रममा यातायात श्रमिकहरुलाई ३ सय वटा मास्क वितरण गरिएको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनु भयो ।
कार्यक्रमा पश्चिमाञ्चल सामुदायिक अस्पतालका डाक्टर युक्तनारायण रेग्मीले कोरोना भाइरसको सचेतना बारे जानकारी गराउनु भएको थियो।
डाक्टर रेग्मीले स्वास्थकर्मी पछि यातायात श्रमिक बढी जोखिममा रहने भन्दै मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो । डाक्टर रेग्मीले खानेकुरामा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रमुख अतिथि जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले चालक सहचालक सवै श्रमिकहरुलाई सचेत हुन आग्रह गर्नुभयो ।
श्रमीकहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्नुभयो । सवै ठाउँमा सावुनले हात धुन सम्भव नहुन सक्ने भन्दै खत्रीले सेनिटाइजर पकेटमा राखेर बेला बेलामा हातमा लगाउन आग्रह गर्नुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्ज कर्णसिङ गुरुङले अहिले सवारी साधनमा यात्रुको सख्यामा निकै कमी आएको भन्दै हल्ला बढि भएको बताउनु भयो ।
कोरोनाको हल्लाले देशमै असर परेको बेला यातायात क्षेत्र बढि मारमा परेको बताउनुभयो । पृथ्वीबस ब्यवसायी कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले कोरोना देखा परे आफुहरुको गाडी घर र ग्यारेजमा थन्काउन तयार रहेको बताउनुभयो ।
कार्यक्रमा संगठनका गण्डकी उपाध्यक्ष तिल बहादुर विश्वकर्मा ,सचिव नारायण प्रसाद रिमाल लगायतले बोल्नु भएको थियो ।

