गण्डकी प्रदेशमा आज मात्रै ४६ जना संक्रिमत थपिए ,संक्रमितको संख्या २९३ पुग्यो


गण्डकी प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा संक्रिमतको संख्या २९३ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कुस्मा नगरपालिकाका २ र फलेबास नगरपालिकाका २ जना कोरोना पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्ता पुर्व १८ जना जस्मा मध्यविन्दु नगरपालिकाका १७ र गैडाकोट नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

जस्मा ऋषिङगाउँपालिाका ७ जना ,शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका ४ जनामा कोरोना देखिएको छ । उता गोरखामा ११ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पालुङटार नगरपालिकामा ७ जना,सहिद लगखन गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । । यस्तै पहिलो पटक मनाङमा पनि कोरोना देखापरेको छ । कपिलबस्तुको बाढगंगा घर भई मनाङको चामे गाउँपालिकामा कार्यरत १ कर्मचारीमा कोरोना देखापरेको हो ।

Facebook Comments