तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक अवरुद्ध

गाेर्खाकाे पालुङटार र तनहुँकाे तुरतुरे जाेड्ने मर्स्याङ्दी नदीमा रहेकाे पुल जाेखिममा परेकाे छ ।

उक्त पुलकाे तनहुँतर्फकाे भागमा नदीले कटान गरेका कारण पुल जाेखिममा परेकाे हाे ।

उक्त बेली ब्रिज जीर्ण भएकाले नजिकै पक्की पुल बनाउने कार्य अन्तिम चरणमा पुगेकाे छ ।

डुम्रे बेशिसहर सडक खण्डको तनहुँकाे भानु नगरपालिका तुरतुरे हुँदै गोरखाको पालुङटार हुँदै अाँपपिपल, हर्मी हुँदै भच्चेकसम्म पुग्ने सडकमा अावागमनका लागि समस्या भएकाे छ ।

नदिको कटानका कारण तनहुँतर्फको पुल जीपको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने भएको हो ।

तस्वीरः प्रदेश सांसद हरिशरण अाचार्यकाे फेसबुकबाट

Facebook Comments